गोरखा नगरपालिका ५ का वडाध्यक्ष रानाको निधन

गोरखा । गोरखा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष खिलबहादुर रानाको असामहिक निधन भएको छ । दिउँसो घरमा बसिरहेका बेला एक्कासी लडेर बेहोस हुनुभएका रानाको उपचारका लागि गोरखा अस्पताल ल्याएको थियो ।

तर ल्याउदा उहाँको मृत्यु भइसकेको अस्पताल स्रोतले जनाएको छ । वडाध्यक्ष रानाको अन्दाजी ७ः३० बजे निधन भएको परिवारिक स्रोतले जनाएको छ । मृत्युको कारण भने खुल्न बाँकी छ ।

वडाध्यक्ष रानामगर गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको