काठमाडौँ । शताब्दी पुरूष सत्यमोहन जोशीको आज (आइतबार) निधन भएको छ।
उहाँको बिहान ७ बजेर ९ मिनेटमा उपचारकै क्रममा किष्ट अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। जोशीको निधनबारे उहाँ निकट पत्रकार गिरीश गिरिले ट्विट गर्दै निधनको पुष्टि गर्नुभएको छ । ‘सत्यमोहन सर रहनुभएन। अहिले विहान ७ बजेर ९ मिनेटमा हामीबाट विदा हुनुभयो’उहाँको ट्वीटमा लेखिएको छ ।
२४ दिनअघि अस्पतालमा भर्ना हुनुभएका १०३ वर्षीय वाङ्गमय शताब्दी पुरूष सत्यमोहन जोशीको आइसियूमै राखेर उपचार भइरहेको थियो।









