एमाले र जसपाबीच सिट बाँडफाँटमा सहमति, कुन क्षेत्र कसलाई ? [सूचीसहित]

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेश सभाको मंसिर ४ मा हुन गइरहेको निर्वाचनमा नेकपा (एमाले) र जनता समाजवादी पार्टीबीच गठबन्धन हुने भएको छ । एमाले र जसपाले सिट बाँडफाँटको टुंगो लगाएका छन् ।

शनिबार बिहान एमालेका अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवले सिट बाँडफाँटको सहमतिपत्रमा हस्ताक्षर गरेको एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।

प्रतिनिधिसभामा एमालेले जसपालाई १७ सिट दिने भएको छ ।

तालमेल भएका क्षेत्रबाहेक दुवै पार्टीले उम्मेदवारी दिन सक्ने भनिएको छ । सहकार्य निर्वाचनपछि पनि रहने सहमतिपत्रमा उल्लेख छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको