
काठमाडौं । जबर्जस्तीकरणी आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने बिहीबार नेपाल आइपुग्ने भएका छन्। कतार एयरलायन्सको विमानबाट उनी १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।
विमानस्लबाटै उनले प्रहरीसामु आत्मसमर्पण गर्ने उल्लेख गरेका छन्। ‘मैले वाचा गरेअनुसार सम्बन्धित निकायसामु आज आत्मसमर्पण गर्दैछु। म कतार एयरलायन्सको विमानबाट विहान १० बजे काठमाडौं अवतरण गर्दैछु। आत्मसमपर्ण गर्नेबारे मैले लिखितरुपमै प्रहरीलाई जानकारी गराएको छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
उनले प्रहरीलाई हरेक पाइलामा सघाउने वाचा गरेका छन्। प्रहरीसामु आत्मसपर्मण गर्दैगर्दा उनले आफ्नोतर्फबाट अधिवक्ता सरोजकृष्ण खनाललाई उक्त प्रक्रियामा सघाउन आग्रहसमेत गरेका छन्।
नाबालिगलाई जबर्जस्तीकरण गरेको आरोप लागेपछि नेपाल क्रिकेट संघले उनलाई कप्तानको जिम्मेवारीबाट निलम्बन गरेको थियो। सीपीएल खेल्न वेस्ट इन्डिज पुगेका सन्दीप आफू विचलित भएको र आइसोलेसनमा बसेको यसअघि जानकारी दिएका थिए।