एमालेको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।

आज बिहीबार अपरान्ह ३ बजे बालकोटमा बस्ने बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लाग्ने बताइएको छ ।

असोज २३ गते प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको उमेदवारी दर्ता गर्नुपर्ने हुँदा आजको एमालेको बैठकमा तल्ला तहहरुबाट सिफारिस भएर आएका नामहरुबारे छलफल हुने र उम्मेदवारको टुंगो लाग्ने बताइएको छ ।

यसैगरी, बैठकमा विभिन्न दलहरुसँग चुनावी तालमेल गर्ने/नगर्ने बारे पनि छलफल गरिने जनाइएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको