द्वन्द्व अन्त्यका लागि सबै सम्प्रदायलाई सम्मान गर्नुपर्छ: गृहमन्त्री खाण

रुपन्देही ।  गृहमन्त्री बालकृष्ण खाँणले द्वन्द्व अन्त्यका लागि सबै सम्प्रदायलाई सम्मान गर्नुपर्ने बताउनुभएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ गल्लामण्डीस्थित श्री शिव मन्दिर धर्मशालाको आज उद्घाटन गर्दै उहाँले द्वन्द्वले मुलुक र जनताको हित नहुने बताउनुभयो ।

नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय मुलुक भएकाले सबै धर्म र सम्प्रदायका मानिसले एकले अर्कोलाई सम्मान गर्नुपर्ने उहाँको भनाइ थियो । रुपन्देही विकासको गतिमा अघि बढिरहेको जनाउँदै उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई चलायमान बनाउन अन्य एयरलाइन्सलाई ल्याउनका लागि प्रयत्न गरिरहेको बताउनुभयो ।

लुम्बिनी प्रदेश सरकारका शिक्षा, विज्ञान, युवा तथा खेलकुदमन्त्री बसिउद्दीन खाँले प्रदेशका धार्मिक सम्पदाको रक्षाका लागि सरकारले सक्दो प्रयत्न गरिरहेको बताउनुभयो ।-रासस

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको