
काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा शेखर कोइरालाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई नजरबन्दमा राखेर सरकारले गम्भीर गल्ती गरेको बताएका छन । उनले संसदको कार्यकालसँगै महाभियोग समेत निष्क्रिय भैसकेको अवस्थाामा राणालाई नजरबन्द गरेर घरमा थुन्नु गम्भीर मानवअधिकारको उलंघन भएको बताए ।
आइतबार विराटनगरमा रहेको आफ्नो निजी निवासमा पत्रकारहरूसँग कुरा गर्दे नेता कोइरालाले महाअभियोग लगाउने संसदको आयु समेत सकिइसकेको बताउँदै महाअभियोग स्वतः निष्क्रिय भएको बताए । उनले औचित्य नै नभएको महाभियोग अर्को संसदमा जान्छ भनेर सत्तरूढ दलका सांसदले रमिता देखाएको बताए ।