
काठमाडौं । असारदेखि तीव्र रूपमा फैलिएको डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकानुसार असोज ६ गते बिहीवारसम्म २७ जनाको मृत्यू भएको छ भने संक्रमितको संख्या २१ हजार ३५२ र मृतकको संख्या २७ पुगेको छ ।
यो अवधिमा सबैभन्दा धेरै काठमाडौंमा ६ हजार ५५५ जनामा संक्रमण पुष्टि भएको छ । ललितपुरमा पाँच हजार २१८ र भक्तपुरमा ८८१ गरी उपत्यकामा डेंगी संक्रमितको संख्या १२ हजार ६५४ पुगेको छ ।
उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै दुई हजार ११२ जनामा संक्रमण देखिएको छ । संक्रमितको संख्या २ सय भन्दा माथि रहेका जिल्लामा धादिङ, चितवन, दाङ, रुपन्देही, गुल्मी र कैलाली छन् । अरू जिल्लामा संक्रमितको संख्या २ सय भन्दा कम रहेको महाशाखाले जनाएको छ ।