काठमाडौं । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तिलक श्रीपाइली नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
पार्टीका महासचिव शंकर पोखरेलले जसपा नेता श्रीपाइलीलाई आज एमाले केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा खादा लगाई स्वागत गरे ।
अनेरास्ववियूबाट राजनीतिक यात्रा शुरू गरेका श्रीपाइलीको करिब तीन दशकको राजनीतिक जीवन रहेको छ । उनी सल्यान जिल्लाका स्थायी बासिन्दा हुन् ।
श्रीपाइलीले देश र जनताको हितमा अगाडि बढिरहेको नेकपा (एमाले)विरुद्ध घेराबन्दी भइरहेको समयमा पार्टीका पक्षमा यथासक्य योगदान गर्न आफू निस्वार्थ एमालेमा प्रवेश गरेको प्रतिक्रिया दिएका छन् ।