
चितवन । ईलाका प्रहरी कार्यालय भण्डाराले ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ । बुधवार राती साढे २ बजे राप्ती-५ स्थित भण्डारा बजारमा ३ सय किलोग्रामको लागू औषध गाँजा बरामद गरिएको हो । भारतीय नम्बर प्लेट युपी ७८ बिटी ८५७० नम्बरको गाडीमा शंका लागेपछि चेकजाँच गर्दा गाँजा भेटिएको इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख कुमार गुरुङले बताउनु भयो । सो गाडीका चालक भने फरार रहेको प्रहरीले जनाएको छ । उनको खोजि कार्य भइरहेको प्रहरीको भनाई छ ।