
काठमाडौँ । संविधानविद् डा भिमार्जुन आचार्यले संसदको कार्यकालसँगै सबै विधेयकहरू स्वतः निष्क्रिए भएको बताएका छन । उनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण गर्नुभएन भनेर भएको बहसमा प्रतिक्रिया जनाउँदै यस्तो बताएका हुन । डा आचार्यले संसदको कार्यकालसँगै सबै विधेयकहरू स्वतः निष्क्रिय हुने बताएका छन ।
डा आचार्यले भनेका छन, ‘गएको असोज १ गते नै संसद्को कार्यकाल सकिएको हुँदा अब विधेयक निष्क्रिय भइसकेको अवस्थामा राष्ट्रपतिबाट कसरी प्रमाणीकरण हुन्छ रु’ डा आचार्यले अब नागरिकता विधेयक नयाँ संसदले सुरूवाती अवस्थाबाटै अघि बढाउनुको विकल्प नरहेको बताए ।