
चितवन । राष्ट्रपति विद्या देवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरेसँगै उहाँको यस कदमलाई आम सर्बसाधारणले स्वदेश तथा विदेशबाट व्यापक समर्थन र साथ दिएका छन् ।
गए राती १२ बजे सम्म विवादस्पद नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने व्यवस्था रहेपनि देश र जनतालाई सर्वोपरी ठानेर उक्त विधेयक प्रमाणीकरण नगर्दा सामाजिक संजाल फेसबुक र ट्वीटरमा राष्ट्रपतिको यस कदमलाई सर्बसाधारणले व्यापक समर्थन र साथ दिएका हुन् ।