
काठमाण्डाै । छैटाैँ संस्करणकाे साफ महिला च्याम्पियनसिप २०२२ काे उपाधि बङ्ग्लादेशले जितेकाे छ ।
दशरथ रङ्गशालामा भएकाे खेलमा नेपाललाई तीन–एकले हराउँदै बङ्ग्लादेशले उपाधि जित्याे । बङ्ग्लादेशकाे जितमा स्याम सुन्हारले खेलकाे १४ औँ र श्रीमाेती के. सरकारले ४२ र ७७ औँ मिनेटमा गाेल गरिन् । नेपालका लागि अनिता बस्नेतले खेलकाे ७० औँ मिनेटमा सान्त्वना गाेल गरिन् ।
साफ महिला च्याम्पियनसिपले यसपालि नयाँ विजेता पाएकाे हाे । नेपाल भने पाँचाैँ पटक फाइनलमा पराजित बनेकाे छ । यसअघिका सबै संस्करण भारतले जितेकाे थियाे ।