माओवादीले राख्यो बाबुरामको पार्टीका ५ जनालाई समानुपातिकमा

काठमाडौँ ।  नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा र प्रदेश सभातर्फ समानुपातिक उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाएको छ।

महासचिव देवप्रसाद गुरूङ र उपमहासचिवद्वय वर्षमान पुन र गिरिराजमणि पोखरेल समानुपातिक उम्मेदवारको बन्दसूची लिएर आज आयोग पुगेका थिए।

उपमहासचिव वर्षमान पुनका अनुसार बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका पाँच जनालाई प्रतिनिधि सभातर्फ उम्मेदवार बनाइएको छ। प्रदेश सभातर्फ पनि समाजवादी पार्टीका नेताहरू उम्मेदवारमा परेका छन्।

बाबुराम नेतृत्वको समाजवादीले माओवादीको चुनाव चिन्ह लिने सहमति भएअनुसार समाजवादीका नेताहरूलाई माओवादीले समानुपातिक उम्मेदवारमा समावेश गरेको हो।

मा‌ओवादीले प्रतिनिधि सभातर्फ ११० र प्रदेश सभातर्फ २२० जनाको नाम समावेश गरेर बन्दसूची पेश गरेको छ। माओवादी उपाध्यक्ष कृष्णबहादुर महराको नाम पनि सिफारिसमा परेको बताइएको छ।

निर्वाचन आयोग परिसरमा मुख्य निर्वाचन अधिकृत कार्यालय सञ्चालन गरी प्रतिनिधि सभा र प्रदेश सभातर्फ समानुपातिक उम्मेदवारको बन्दसूची दलहरूबाट आयोगले लिएको थियो।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको