भक्तपुर । जनता समाजवादी पार्टीका चर्चित नेतृ अमृता अग्रहरी नेकपा एमाले प्रवेश गर्नुभएको छ ।
एमाले सचिवालयको बैठक चालिरहेको बेला भक्तपुरस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमै आएर नेतृ अमृता एमाले प्रवेश गर्नुभएको हो ।
उहाँलाई एमाले अध्यक्ष ओलीले पार्टीमा स्वागत गर्नुभएको छ । एमाले सचिव योगेश भट्टराइले बैठकबाट लेख्नु भएको छ, “नेपालको लोकतान्त्रिक आन्दोलनका नेता गजेन्द्र नारायण सिंहको प्रेरणाबाट राजनीतिमा कृयाशिल हुँदै हाल प्रतिनिधिसभा सदस्यतथा जसपाकी नेतृ अमृता आग्रहरी आजदेखि औपचारिक रुपले नेकपा एमालेमा समाहित हुनुभएको छ । पार्टी अध्यक्ष कमरेड केपीओलीले आज वहाँलाई पार्टीमा स्वागत गर्नु भएको छ ।”









