
काठमाडौं । सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वाेच्च अदालत फर्कन नदिन निवासको गेटमै ताला लगाएर घरमै नजरबन्दमा राखेको छ । जवराले आफू सर्वोच्च अदालत जान तयार भइसकेपछि सरकारले निवासको गेटमा तालाबन्दी गरिदिएको बताउनु भएको छ ।
संसद्को ‘आयु’ सकिएसँगै सर्वोच्च फर्कने तयारीमा रहेका जबराले आफू तयार भएर निस्कने बेला सरकारले गेटमा तालाबन्दी गरिदिएको बताउनु भयो । ‘म आज ११ बजे सर्वोच्च पुग्ने तयारी गर्दै थिएँ र त्यसानुसार तयार भएको थिएँ, तर, सरकारले गेटमा तालाबन्दी गरिदिएको छ,’ जवराले भन्नुभयो ।
सरकारले जवरालाई रोक्ने कानूनी हैसियत नभएपनिअदालतमा जान नदिन प्रहरी लगाएर घरमै नजरवन्द बनाएको हो ।
यता अदालत परिसरमा पनि सरकारले हडताली वकिल र प्रहरीलाई उतारेर जवरालाई सर्वाेच्च फर्कन नदिने घोषणा गराएको छ ।