गठबन्धनले देशलाई ओरालो बाटोमा लग्यो: एमाले अध्यक्ष ओली

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले देशलाई ओरालो बाटोमा लगेको बताएका छन्। संविधान दिवसको अवसरमा उपत्यकाका भएको वाकथन (पदयात्रा) पछि बसन्तपुरमा समापन कार्यक्रमलाई सम्बोधन गर्दै ओरालो गतिलाई रोकेर देशलाई अगाडि बढाउन एमालेले मात्रै सक्ने बताएका हुन्।

उनले भने, ‘संविधान कार्यान्यवन, भ्रष्टाचार नियन्त्रण, सुशासन, चौतर्फि विकासको हिसाबले हामी अगाडि बढ्ने छौं।’

उनले संविधान दिवसलाई जनसहभागिता र राष्ट्रिय दिवसको रुपमा मनाउनुपर्ने स्पष्ट पारे। उनले जनताको सहभागितासहित सरकारले राष्ट्रिय दिवस मनाउनुपर्नेमा सरकारले त्यसको तयारी नगरेकाले एमालेले जनसहभागिताको साथ कार्यक्रमको आयोजना गरेको बताए।

उनले सात वर्षको अवधिका आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, भौतिक पूर्वाधारको क्षेत्रमा असाधारण काम गरेको उल्लेख गरे। उनले समावेशी लोकतन्त्रलाई प्रभावकारी रुपमा अगाडि बढाउन भूमिका खेलेको बताए।

उनले मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनले देश, जनता, लोकतन्त्रलाई हार्न दिनु नहुने बताए। उनले लोकतन्त्र, राष्ट्रिय अखण्डताको पक्षमा लाग्न सबैलाई आह्वान गरे। उनले भने, ‘नेपाल अरु कसैले चलाउने होइन, नेपाली जनताले चलाउनु पर्छ। सार्वभौम सम्पन्न जनताले चलाउनुपर्छ।’

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको