संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सरकारको सिफारिस

काठमाडौं । सरकारले संसद् अधिवेशन अन्त्यको सिफारिस गरेको छ । संसद्को कार्यकाल कहिलेसम्म हुने भन्ने अन्योलकै बीच शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले शुक्रबार मध्यरातदेखि संसद्को ११ औँ अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको बैठकले संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले जानकारी दिए।

संसदको कार्यकाल कहिलेसम्म रहने भन्ने विवाद थियो। निर्वाचन आयोगले असोज २ र ३ मा समानुपातिक उम्मेदवारको सूची पेश गर्न दलहरूलाई समय दिएको छ।

प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन भने असोज २३ मा हुने कार्यतालिका छ। मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा चुनाव हुने भएकोले संसद अधिवेशन अन्त्य गरिएको हो।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि आज बिहान एमाले संसदीय दलको बैठकमा भोलि (शनिबार) देखि संसद नरहने भएकोले चुनावका लागि गाउँ-गाउँमा जान सांसदहरूलाई आग्रह गरेका थिए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको