काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रमुख सचेतक एवं प्रतनिधिसभा सदस्य उमाशंकर अरगरीया नेकपाएमालेमा प्रवेश गर्ने निर्णयमा पुग्नुभएको छ ।
तत्कालीन संघीय समाजवादी पार्टीबाट धनुषा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचितलोसपा नेता अरगरिया मधेसको मुद्दामा एमाले नै सही रहेकोले प्रवेश गर्न लाग्नू भएको हो ।
उहाँलाई पार्टीमा प्रवेश गराउन धनुषाको तीनकौरिया चोकमा असोज ८ गते एमालेले आयोजना गर्न लागेको कार्यक्रममा एमाले अध्यक्षकेपी शर्मा ओली फेरी धनुषा जाने हुनुभएको छ ।
‘लोसपा पार्टीभित्रको भद्रगोल अवस्था देखेर पार्टी छाड्न लागेको छु, एमालेले असोज ८ गते आयोजना गर्ने पार्टी प्रवेश कार्यक्रममार्फतएमालेमा प्रवेश गर्नेछु,’ अगडियाले भन्नुभयो ।
यही भदौ २७ गते मात्रै एमालेले जनकपुरधाममा आयोजना गरेको चुनावी सभा तथा पार्टी प्रवेश कार्यक्रममा जनता समाजवादी पार्टी(जसपा) का प्रतिनिधिसभा सदस्य एवं प्रदेशसभा सदस्य एमालेमा प्रवेश गर्नुभएको थियो।
यसका साथै नेपाली कांग्रेसको १४औंमहाधिवेशनमा धनुषाको सभापतिमा पराजित सन्तोष यादवलाई समेत एमालेमा प्रवेश गर्नुभएको थियो ।