संसद् बैठक सर्‍यो, अर्को बैठक भोलि बस्ने

काठमाडौँ ।  आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक सरेको छ । संसद् बैठक आज अपराह्न १ बजेका लागि बोलाइएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक बस्ने दिन र समय परिवर्तन गर्नुभएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

आजका लागि तोकिएको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले शुक्रबार बिहान ११ बजेका लागि सारिएको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको