
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको आजको बयान सुरु भएको छ।
आफूमाथि लागेको महाभियोगबारे बयान दिन निलम्बित प्रधानन्यायाधीश जबरा साढे १२ बजे सिंहदरबार पुगेका थिए।
प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले जबराको बयान लिइरहेको छ।
यसअघि समितिले भदौ १५ र १६ र १९ मा जबरासँग बयान लिएको थियो। जबरामाथि अनुसन्धान गर्न ११ सदस्यीय समिति गठन गरिएको छ।
जबरासँग प्रतिनिधिसभा, महाअभियोग सिफारिस समितिले भदौ १५ बाट बयान लिन सुरु गरेको हो।
जबरासँग प्रश्न सोध्न बाँकी रहेकाले आज समिति बैठक पुन: बसेको हो।
बयानका लागि ४३ वटा प्रश्न तयार पारिएका छन्। जसमध्ये हालसम्म ११ वटा मात्रै प्रश्न सोधिएका छन्।
बयानका क्रममा जबराले महाभियोग निस्कृय भइसकेको दावी गरेका छन्।
उनले आफ्नै सहकर्मी न्यायाधीशहरुलाई समेत विभिन्न आरोप लगाएका छन्।
न्यायालयको सुदृढीकरणका लागि काम गर्दागर्दै आफू विवादमा मुछिनुपरेको उनको भनाइ थियो।
आफूविरुद्ध ल्याइएको महाभियोग प्रस्ताव संविधान र नियमावलीविपरीत भएको उनको दाबी गरेका छन्।
न्यायालयमा विचलन ल्याएको, भ्रष्टाचार र बिचौलियाले प्रवेश पाएको र कार्यपालिकामा भागबन्डा खोजेको लगायतका आरोप जबरामाथि लगाइएको छ।