
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डा बालकृष्ण चापागाई नेकपा एमालेमै फर्किएका छन । उनी आइतबार बिहान एमाले अध्यक्ष केपी शर्माको निवास भक्तपुरको बालकोट पुगेर एमालेमै फर्किएका हुन ।
एमाले उपाध्यक्ष विष्णु पौडेल र युवा उद्यमी शशी पौडेलसँगै बलकोट पुगेका डा चापाई अबको दिनमा एमालेको नीति, बिचार सिद्धान्त बोकेर हिड्ने बताए । उनले समाजवादीका नाममा एक वर्ष खेर गएको बताएका छन । ओलीले चापागाईलाई एमालेमा स्वागत गर्दै नेपाली जनताको समृद्धिकत्र सपना पूरा गर्ने अभियानमा लाग्न आग्रह गरे ।
चापागाई समाजवादीको रुपन्देही जिल्ला इन्चार्ज र केन्द्रीय अर्थ तथा योजना बिभागको उपप्रमुखसमेत रहेका थिए । चापागाई प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष समेत हुन । उनी राससको पनि पूर्व अध्यक्ष हुन ।