
काठमाडौँ । बलात्कार आरोप लागेका नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले मुख खोलेका छन । उनले ट्टवीटर मार्फत बलात्कारको मुद्दाका सम्बन्धमा मुख खोलेका हुन । उनले बलात्कारको आरोप निराधार रहेको बताउँदै आफू निर्दोष रहेको दाबी गरेका छन ।
उनले सीपीएलबाट विदा लिएर स्वदेश फर्किन लागेको जानकारी समेत गराएका छन । लामिछानेले सबै निराधार आरोपको समाना गर्ने बताउँदै कानुनले सबैलाई समान कारबाही गरोस भन्ने कामना समेत गरेका छन ।
ट्वटीरमा उनले भनेका छन, “I am INNOCENT & keep complete belief in the respectable laws of Nepal. I have decided to take a leave from CPL and go back to my country within few days. I am ready to face all these baseless allegations. May justice be served to the innocent & right investigation to be done towards everyone involved. Hope the law acts equal to everyone, -Sandeep Lamichhane’
‘म निर्दोष छु र नेपालको सम्मानजनक कानुनमा पूर्ण विश्वास राख्छु। मैले CPL बाट बिदा लिएर केही दिनमै स्वदेश फर्कने निर्णय गरेको छु । म यी सबै आधारहीन आरोपहरूको सामना गर्न तयार छु। निर्दोषलाई न्याय प्रदान होस् र सम्बन्धित सबैलाई सही छानबिन होस्। कानुनले सबैलाई समान काम गरोस् भन्ने आशा छ, सन्दीप लामिछाने’
लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भैसकेका कारण उनी नेपाल फर्किए लगत्तै पक्राउ पर्ने छन । उनीविरूद्ध बिहीबारनै पक्राउ पुर्जी जारी भैसकेको छ । पक्राउ पुर्जी जारी हुने बित्तिकै क्यानले सन्दीपलाई निलम्बन गरेको छ ।