काठमाण्डौं । काठमाडौं रानीबन निवासी अभियन्ता ईश्वर अर्यालले काठमाडौं सानो गौंचरन स्थित महेन्द्र भवन मावि र ललितपुरको पुल्चोकमा रहेको त्रि-पद्म माविमा नेपालको नयाँ नक्सा वितरण गर्नुभएको छ । अभियन्ता अर्यालले बालबालिकालाई नेपाल चिनाउने अभियानका साथ आफनै खर्चमा संचालन गर्दै आउनु भएको कार्यक्रम अन्तर्गत बुधबार उक्त विद्यालयहरुमा नक्सा वितरण गर्नुभएको हो । सो अवसरमा उहाँले आफनै सौजन्यमा दुवै विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत करिब ५०० जना छात्र छात्राहरूलाई नेपालको नक्सा वितरण गर्नुभयो । विद्यार्थी सहित उहाँले विद्यालयलाई पनि नेपालको नक्सा प्रदानगर्नु भयो।
नेपाल सरकार नापी विभागका पूर्व सर्वेक्षक ईश्वर अर्यालले शुरु गर्नुभएको नेपाल चिनाउने अभियानको यो ५० औं श्रृंखला हो । उहाँको अभियानप्रति एक्येबद्धता जनाउनुहुँदै साथमा अर्का सह अभियन्ता नागार्जुन नगरपालिकाका सदस्य राम प्रसाद खनाल लगायतले नक्सा वितरण कार्यक्रममा सहभागीता जनाउनु भएको थियो । कार्यक्रममा विद्यालयका प्राध्यानाध्यापक र शिक्षक शिक्षिकाहरु समेतको उपस्थिती रहेको थियो ।
नक्सा वितरण पूर्व अभियन्ता अर्यालले स्कुले बालबालिकाहरुलाई नक्साको महत्व बारे जानकारी दिनुहुँदै नेपाल चिनाउने अभिप्रायका साथ आफूले नयाँ नक्सा वितरण अभियान संचालन गरेको बताउनुभयो । उहाँले नक्सा वितरण पश्चात बालबालिकामा राष्ट्रि«यताप्रति अझ जिम्मेवार बन्न प्रेरणा मिल्ने, नक्साको संकेत चिन्हलाई इन्डेक्स नभई लिजेण्ड लेख्नुपर्ने साथै शिक्षण सिकाई र भविष्यमा विश्वको जुनसुकै कुनामा भ्रमणमा निस्केका बेला व्यवहारमा उतार्न उक्त नक्साले सहजता थप्ने उल्लेख गर्नुहुँदै नक्साको विश्वव्यापी मान्यता लगायतका बिषयमा जानकारी गराउनु भएको थियो । साथै उहाँले नेपालकै उत्कृष्ट सामुदायिक विद्यालय बन्न सफल ज्ञानोदय माविमा अध्ययनरत विद्यार्थी माझ अभियान लिएर आउन पाएकोमा खुशी व्यक्त गर्नुहुँदै विद्यालयले आगामी दिनहरुमा समेत आफ्नो साँख र गरिमालाई अक्षुण राख्दै अघि बढनेमा आफु ढुक्क रहेको उल्लेख गर्नुभयो ।
अभियन्ता अर्यालले यस अघि काठमाडौं उपत्यका, बुटबल, धादिङ जिल्ला स्थित करिब ९० विद्यालयहरुमा पुगी नेपालको नक्सा वितरण गरिसक्नुभएको छ ।
साथै उहाँले नेपालकै उत्कृष्ठ सामुदायिक बिद्यालय बन्न सफल त्रि-पद्म माविमा अध्ययनरत बिद्यार्थी माझ अभियान लिएर आउन पाएकोमा खुशी व्यक्त गर्नुहुँदै पछिल्लो समयमा सामुदायिक विद्यालयहरुप्रती आम विद्यार्थी र अभिभावकहरु आकर्षित बन्दै गएकोले नेपालको शैक्षित क्षेत्रमा प्रगती हासिल हुँदै गएको उहाँले उल्लेख गर्नुभयो ।