सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बित

काठमाडौँ ।  नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गरेको छ ।

नाबालिगलाई बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध बिहीबार पक्राउ पुर्जी जारी गरेपछि बसेको क्यानको बैठकले उनलाई निलम्बन गरेको हो ।

जिल्ला अदालत काठमाडौंले बिहीबार बलात्कार आरोपित लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि उनलाई निलम्बन गरिएको हो । २०७८ मंसिर २९ गते बसेको क्यानको बैठकले उनलाई राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त गरेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको