एकैदिन कोरोनाबाट २ जनाको मृत्‍यु, २ सय  ३० जना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्‍यु भएको छ भने थप २३० जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८३६ जनाको परीक्षणमा २३० जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९५६जनाको पीसीआर परीक्षण गर्दा १२८ जना र २ हजार ८८० जनाको एन्टिजेन परीक्षण गर्दा १०२ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

यस्तै बुधबार कोरोना संक्रिय संक्रमितको संख्या २ हजार ५०५ पुगेको छ । पछिल्लो २४ घण्टामा ७८ जना संक्रमणमुक्त भएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको