सिट बाँडफाँटमा कांग्रेस ८० र माओवादी ६० को वरिपरि सहमत हुने प्रचण्डको दाबी

काठमाण्डाै ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा सिट बाँडफाँटको विषय अन्तिम टुङ्गोमा पुगेको दाबी गर्नुभएको छ । आज कैलालीको धनगढी पुग्नुभएका प्रचण्डले पत्रकारसँगको कुराकानीमा कांग्रेस ८० र माओवादी ६० को वरिपरि सहमत हुने समेत बताउनुभयो ।

उहाँले भन्नुभयो,‘कांग्रेसकाे दाबी सय सिटमा भए पनि ८० वरपर र माओवादी ६० वरपर हुने गरी मिलाउने प्रयास भइरहेको छ, केही तलमाथि हुनसक्छ ।’ एकीकृत समाजवादीले २५ र जसपाले २५ दाबी गरेको आधारमा सबै पार्टीका प्रतिनिधि बसेर प्रतिनिधि सभा क्षेत्र र प्रदेश सभा क्षेत्रसम्म एकसाथ टुङ्गोमा पुग्ने उहाँको भनाइ छ ।

सिट बाँडफाँटको अन्तिम टुङ्गो शीर्ष तहमा बसेर लगाउने पनि उहाँले जानकारी दिनुभयो । यसैबीच प्रचण्डले प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल लम्ब्याउनेबारेमा सरकार र गठबन्धनले त्यसलाई अगाडि नबढाउने निर्णय भएको बताउनुभएको छ । उहाँले यो प्रस्ताव आजै फिर्ता हुने समेत जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको