नेपालले तीन वटै खेल जितेर हात पार्‍यो केन्या विरूद्धको एकदिवसीय सिरिज

काठमाडौं । केन्याविरुद्धको तेस्रो एकदिवसीय अभ्यास खेल पनि नेपाले नै जितेको छ ।

जिमखाना क्लब मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५५ रन बनाउँदै नेपालसमक्ष २५६ रनको विजय लक्ष्य प्रस्तुत गरेको थियो ।

चुनौतीपूर्ण विजय लक्ष्य पछ्याएको नेपालले नेपालले ४७.१ ओभरमा ४ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्टाएर जित हासिल गरेको हो ।

यो सँगै नेपालले केन्यासँगको तीन एकदिवप्यि अभ्यास खेलमा ३–० को सानदार जित निकालेको छ ।

अन्तिम तथा तेस्रो खेलमा नेपालले केन्यामाथि ६ विकेटको उत्कृष्ट जित हात पार्दै सिरिज जितेको हो ।

त्यसो त नेपालले तीन एकदिवसीय अभ्यास खेलमा लगातार दुईवटा खेल जितेर एक खेल अगावै सिरिज हात पारिसकेको थियो ।

नेपालले पहिलो खेल ७ विकेट र दोस्रो खेल १७ रनले विजयी भएको थियो । पाँच टी–२० आई सिरिज नेपालले ३–२ ले जितेको थियो ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको