काठमाडौं । थप २२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घन्टामा देशभरबाट ४०५८ नमूना परीक्षण गर्दा २२१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट १५१९ र एन्टिजेनबाट २५३९ नमूनाको परीक्षण गर्दा पीसीआरबाट १२२ र एन्टिजेनबाट ९९ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।
मन्त्रालयकाअनुसार पछिल्लो २४ घन्टाको अवधिमा थप २०६ जना कोरोनामुक्त भएका छन्।
हाल सक्रिय कोरोना संक्रमितको संख्या २४४४ पुगेको छ।