
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् ।
शर्माको नाम बिहीबार बसेको क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिहरूको बैठकले सर्वसम्मत रुपमा सिफारिस गरेको हो । शर्मा २०७४ को चुनावमा माओवादी केन्द्रका राम कार्कीसँग पराजित भएका थिए ।