कास्की १ बाट चुनाव लड्न गगन थापाका नाममा अर्कैले दिए आवेदन

काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनाउन आवेदन परेको छ।

आगामी मंसिर ४ मा हुने चुनावका लागि पार्टीबाट उम्मेदवार बनाउन कास्की क्षेत्र नम्बर १ कांग्रेसमा थापाको नामबाट बुधबार आवेदन परेको छ।

कास्की कांग्रेसका सचिव भानुभक्त ढकालले महामन्त्री थापालाई कास्की १ मा उम्मेदवार सिफारिस गर्न आवेदन दिएका हुन्।

थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट चुनाव जित्दै आएका छन्।

थापाको सचिवालयका अनुसार थापा यसपालि पनि काठमाडौं क्षेत्र नम्बर ४ मै उम्मेदवारी दिने तयारीमा छन्। थापाले काठमाडौं ४ मा उम्मेदवार हुन आवेदन पनि दिइसकेका छन्।

कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले महामन्त्री थापाका नाममा आवेदन परेको बताए। ‘पार्टीका साथीहरूले पनि वारेसनामा लिएर उम्मेदवारी दिन मिल्छ,’ उनले भने, ‘नेताहरूलाई एकभन्दा धेरै क्षेत्रबाट उम्मेदवार हुन आवेदन परिराखेका छन्।’

कांग्रेस विधानमा पनि कति ठाउँमा आवेदन दिन मिल्ने हो भन्ने प्रष्ट खुलाइएको छैन।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको