आइतबार,
फाल्गुण०४,
२०८१
|
Sunday, February 16, 2025
नेपाल चिनाउने अभियानमा रानीबनका अर्याल नयाँ नक्सा लिएर पुगे पुर्व प्रधानमन्त्री ओली निवास
१४ भाद्र २०७९, मंगलवार १६:१२
काठमाडौं । नागर्जुन नगरपालिका वडा नं.१ रानीबन निवासी ईश्वर अर्यालले देशभक्ती जगाँउदै नेपालको नयाँ नक्सा बाडने अभियान अन्तर्गत आज पुर्व प्रधानमन्त्री केपी ओली निवास पुग्नु भएको छ। अर्यालले पुर्व प्रधानमन्त्री ओलीलाई नेपालको नयाँ नक्सा प्रदान गर्नुभएको थियो ।
राष्ट्र र राष्ट्रियता जगाउने मुल उध्येश्यका साथ अर्यालले गरेको कामको पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रसंशा गर्नुभएको थियो । पुर्व प्रधानमन्त्री ओलीले सिमा क्षेत्रमा नेपालीहरुले भोगेको दु:ख, कठिनाई, पिडाको आफुलाई जानकारी भएको बताउनु भयो ।
देशभक्ती र राष्ट्रको माया जगाउन सके मात्र देश बिकास संभव हुने भन्दै अर्यालको सो अभियानको पुर्व प्रधानमन्त्री ओलीले सफलताको कामना गर्नुभएको थियो ।
देशभक्तीको सन्देशका साथ आफुले सो अभियान थालेको भन्दै अर्यालले बिधालय तहमा देशको भूगोलको शिक्षा बारे अनिवार्य राख्नुपर्ने बताउनु भयो । नापी बिभागका पुर्व सर्बेक्षक अर्यालले यस अगाडी काठमाडौंको विभिन्न स्कुल तथा कलेजहरुका विद्यार्थीहरुलाई नेपालको नक्सा बितरण गर्दै आउनु भएको छ । अर्यालको आजको यो ४२औं शृङ्खला हो ।
हरेक दिन उहाँले स्कुल, कलेज लगायतका विभिन्न क्षेत्रमा नक्सा बितरण गर्दै आउनु भएको छ । हालसम्ममा उहाँले १० हजार भन्दा बढी नक्सा बितरण गरिसक्नु भएको छ ।