वैदेशिक रोजगारको ठगी धन्दामा २० वर्षीया युवती सक्रिय, रोमानिया पठाउने भन्दै १७ लाख ठगि !

काठमाडौं । वैदेशिक रोजगारीका लागि रोमानिया पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिसँग १७ लाख ७५ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काभ्रेकी पुनमाया श्रेष्ठलाई पक्राउ गरेको छ ।

जिल्लाको नमोबुद्ध नगरपालिका–४ स्थायी घर भएकी श्रेष्ठले विभिन्न व्यक्तिसँग प्रतिव्यक्ति ६ लाख रुपैयाँका दरले पैसा उठाएर ठगी गरेको प्रहरीको भनाई छ ।

फुड प्याकिङको काममा मासिक ७५ हजार रुपैयाँ तलब हुने भन्दै विभिन्न व्यक्तिसँग पैसा उठाउनले उनलाई प्रहरीले आज पक्राउ गरी आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभागको जिम्मा लगाइएको प्रहरीले बताएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको