माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’ मा

काठमाडौं ।  एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ जना सांसदविरुद्धको मुद्दा ‘हेर्न नमिल्नेमा’ राखिएको छ। सो मुद्दा सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा तोकिएको थियो। मुद्दा हेर्न नमिल्ने सूचीमा राखेएपछि आइतबार सुनुवाइ भएन।

यसअघि फागुन २९ गते बसेको सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासले रिटलाई पूर्ण सुनुवाइका आइतबारका लागि मिति तोकेका थिए।

एमालेले कारवाही गरेका माधव नेपालसहित १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको र त्यसकै आधारमा निर्वाचन आयोगले एकीकृत समाजवादी नामक दल दर्ता गरेको भन्दै एमाले अध्यक्ष ओलीले रिट दायर गरेका थिए। पटकपटक सर्दै आएको रिटमा आइतबार फैसलामा जानेगरीआज अन्तिम सुनुवाइ हुनेछ। सांसद पदमुक्तको विषयलाई लिएर एमालेले ६ महिनायता निरन्तर संसद अवरुद्ध गर्दै आएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको