
काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले वडादेखि पालिकासम्मका उम्मेदवार टुंगो लगाउन सर्कुलर जारी गरेको छ ।
प्रदेश कमिटीको शनिवार बसेको बैठकले सर्कुलर जारी गर्दै उम्मेदवार छनौट टुंगो लगाउन मिति तोकेको हो ।
चैत २३ गते वडा अध्यक्ष र सदस्यहरुको नाम टुंगो लगाउन भनेको छ । सर्वसम्मत नभएमा पालिका कमिटीमा नाम सिफारिस गर्न सर्कुलरमा भनिएको छ ।
त्यस्तै, चैत २५ गते पालिका प्रमुख र उपप्रमुखको नाम टुंगो लगाउन भनिएको छ । सर्वसम्मत हुन नसके जिल्ला कमिटीमा नाम सिफारिस गर्न भनिएको छ ।