साझा उम्मेदवारको मापदण्ड तय गर्न सत्ता गठबन्धन दलहरूको आज बैठक बस्दै

काठमाडौं। स्थानीय तह निर्वाचनमा साझा उम्मेदवारीको मापदण्डबारे छलफल गर्न सत्ता गठबन्धनमा आवद्ध दलको बैठक आज बस्दै छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बिहान साढे १० बजेका लागि बैठक बोलाइएको छ । बैठकमा स्थानीय तहको निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने जनाइएको छ ।

सरकारले आगामी वैशाख ३० गते एकसाथ देशभरका ७५३ वटा स्थानीय तहको निर्वाचन गर्दैछ । स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका प्रमुख दलबीच गठबन्धनको तयारी भइरहेको छ ।

मंगलबार सम्पन्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सत्ता गठबन्धनमा सहभागी दलसँग आवश्यकता अनुसार चुनावमा गठबन्धन गर्ने निर्णय गरेको थियो । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पनि गठबन्धन गरेर चुनावमा जानुपर्ने अडान राख्दै आएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको