
काठमाडौँ । महोत्तरीको जलेश्वर नगरपालिकाको उपमेयर मनचुन देवी पनि लोकतान्त्रिक समाजवादी पार्टी छाडेर एमालेमा प्रवेश गरेकी छिन । सोमबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमै पुगेर मनचुनदेवी पार्टी प्रवेश गरेकी हुन । उनलाई एमाले अध्यक्ष ओली र नेत प्रभु साह लगायतले पार्टीमा स्वागत गरे ।
त्यस्तै सम्सी गाउँपालिकाका अध्यक्ष शेख फारूख नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन । त्यस्तै नेपाली कांग्रेसको तर्फबाट महोत्तरीको रामगोपालपुर नगरपालिकाको वडा नम्बर ४ का विजयी भएका अध्यक्ष उमेश महतो, ३ का अध्यक्ष जयनारायण मण्डल पनि एमालेमा प्रवेश गरेका छन ।
त्यस्तै लोहरपट्टी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष रामबाबु यादव पनि एमाले प्रवेश गरेका छन । उनीहरू पार्टी प्रवेशका लागि सोमबार बिहानै ओली निवास बालकोट पुगेका थिए । त्यस्तै माओवादी केन्द्रबाट रामगोपालपुरको वडा नम्बर ८ को अध्यक्षमा विजयी भएका रामविलास मण्डल पनि एमाले प्रवेश गरेका छन ।