वीरगञ्ज । वीरगञ्जबाट जनकपुरतर्फ गइरहेको यात्रुबहाक बस सर्लाहीमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीस्थित फूलजोर भन्ने ठाउँमा आज बिहान सवा ११ बजे पुलबाट बस खोलामा खसेको हो।
ना ४ ख ८५५५ नम्बरको बस पुलबाट खोलामा खस्दा चार जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले सेतोपाटीलाई बताए। मृत्यु हुनेहरूको पहिचान भइसकेको छैन। दुर्घटनामा ३० जना घाइते छन्। घाइतेहरूलाई उद्धार गरी अस्पताल लगिएको छ। दुर्घटनाको कारण खुलेको छैन।