काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ ।
स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो । बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे शुरु हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
कांग्रेसले चौथो केन्द्रीय कार्यसमिति बैठकका लागि तीन वटा एजेन्डा तय गरेको छ । बैठकमा स्थानीय तह निर्वाचनको तयारीसँगै निर्वाचन लक्षित ‘‘घर–घर जाऔं, कांग्रेस जिताऔँ’ अभियानको प्रारम्भिक समीक्षा हुने उनले जानकारी दिए ।
यस्तै बैठकले स्थानीय तह निर्वाचनमा टिकट वितरणका लागि केन्द्रीय संसदीय समिति गठन पनि गर्ने एजेन्डा तय गरिएको छ । मुख्य सचिव पौडेलले विविध शीर्षकमा समसामयिक विषयमा छलफल हुने जानकारी दिएका छन् ।