
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बुधबारदेखि काठमाडौँमा जारी छ ।
बुधबार पेश भएको अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक र महासचिव शंकर पोखरेलको सांगठानिक प्रतिवेदनमाथि आज केन्द्रीय कमिटी बैठकमा छलफल हुँदैछ ।
अध्यक्ष ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा स्थानीय चुनावलाई जनमतसंग्रहका रूपमा हेरिएको उल्लेख छ । चुनाव जनादेश र परमादेशबीचको जनमतसंग्रह भएको ओलीको भनाइ छ । साथै बैठकमा स्थानीय चुनावका लागि पार्टीको तयारीलगायत विषयमा पनि बैठकमा छलफल भएको थियो । सातै प्रदेश अध्यक्षहरूले रिपोर्टिङ गरिसकेका छन् ।
उनीहरूले एमालेप्रति आकर्षण रहेको र माधवकुमार नेपाललगायत बाहिरिए पनि खासै ठूलो असर पार्टीलाई नपरेको रिपोर्ट पेश गरेका थिए । बैठकमा चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्डलगायत ११ कार्यसूची छन् ।