एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि, यस्ता छन एजेण्डा

काठमाडाैँ । नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक आजदेखि काठमाडाैँमा सुरूहुँदै छ । बुधबार बिहान बिहान ११ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा बैठक बस्ने उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिएका छन ।

बैठकमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले प्रतिवेदन पेस गर्ने छन् भने सातै प्रदेशका अध्यक्षहरूले रिपोर्टिङ गर्नेछन । बैठकले चुनावी कार्ययोजना तयार पार्नेछ । अध्यक्ष र महासचिवको प्रतिवेदन माथि केन्द्रीय सदस्यहरूले पनि राय दिनेछन ।

बैठकमा स्थानीय तहका उम्मेदवार छनाैटको मापदण्ड, पार्टीका विभागहरूको पूर्णता, निर्वाचनको घोषणापत्र र पार्टीको पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरो बैठकका निर्णयहरूको अनुमोदन हुनेछ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको