भूसाललाई ओलीको जवाफ- दाहाल र नेपाल वामपन्थी होइनन्, एकता हुँदैन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल, माधवकुमार नेपाल र मोहनविक्रम सिंह नेतृत्वको पार्टीसँग एकता नहुने बताएका छन् ।

सोमबार पार्टीको पोलिटब्युरो बैठकको समापनमा बोल्दै अध्यक्ष ओलीले परस्परिक लाभको आधारमा चुनावी तालमेल भए पनि अन्य पार्टीसँग एकता नहुने बताएका हुन् ।

ओलीले नेपालमा एमाले मात्रै वामपन्थी दल रहेको भन्दै अन्यसँग एकताको कुरा नहुने जिकिर गरे । ‘घनश्याम भूसालजीले वाम एकताको प्रस्ताव ल्याउनु भएको थियो । अध्यक्षले पुष्पकमल दाहाल र माधवकुमार नेपालको पार्टी र मान्छे दुवै वामपन्थी होइनन् । पार्टी आफ्नो सामर्थ्यमा एकल प्रयासमा अघि बढ्छ । यो नामको वामपन्थीसँग एकता होइन आवश्यकताअनुसार विभिन्न पक्षसँग तालमेल हुन्छ भनेर अध्यक्षले भन्नु भएको छ,’ अध्यक्ष ओलीलाई उद्धृत गर्दै पोलिटब्युरो सदस्य सूर्य थापाले भने ।

बैठकको सुरुमा स्थायी कमिटीका सदस्य घनश्याम भूसालले वामपन्थी एकताको प्रस्ताव राखेका थिए । बैठकमा भूसाल, कर्णबहादुर थापा, रघुजी पन्त, ठाकुर गैरे, हिक्मत कार्की, शेरधन राई, खगराज अधिकारी, लिला गिरी, खिमलाल भट्टराई, महेश बस्नेत, अग्नि खरेल, देवेन्द्र दाहाल, गैरी वली, राजेन्द्र गौतम, ईश्वरी रिजाल, सूर्य थापा, राजन भट्टराई, गोकुल बास्कोटाले आफ्नो धारणा राखेका थिए । बैठकले बुधबार र बिहीबार हुने एमाले केन्द्रीय कमिटीको बैठकको एजेण्डा समेत तय गरेको छ । ekantipur

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको