
चितवन । नेकपा (एमाले) स्थायी कमिटी सदस्य भानुभक्त ढकालले रुँदै आए माओवादीलाई सहयोग गर्न सकिने बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा आउने स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादी र माओवादी केन्द्रसँग सहकार्य हुन सक्छ भन्ने प्रश्नमा नेता ढकालले माधव नेपालको समाजवादीलाई एमालेले दलको मान्यता नदिएकोले सहकार्य हुन नसक्ने बताउँनुभयो ।
उहाँले माओवादीको हकमा भने ‘रुँदै आए’ गोत्र एउटै भएकोले सहयोग गर्न सक्ने बताउँनुभयो ।
आगामी स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचनपछि नेपालका राष्ट्रिय राजनीति दुई धु्रवमा प्रस्ट रुपमा देखिने नेता ढकालको भनाइ छ । ‘चुनावपछि गठवन्धनका रंगीविरङ्गी छिर्केमिर्के दल रहँदैनन्, अस्थित्वको खोजीको लागि उनीहरुको संर्घष जारि रहन्छ’ नेता ढकालले भन्नुभयो, ‘एमाले र कांग्रेसका बीचमा मूल रुपमा प्रतिस्पर्धा हुन्छ, कम्युनिष्टहरु एमालेसँग र प्रजातन्त्रवादीहरु कांग्रेेसतिर लाग्छन्, अरुको अर्थ छैन ।’