स्थानीय तहमा राम्रो काम गरेका जनप्रतिनिधिलाई टिकटमा प्राथमिकता दिन्छाैँः एमाले अध्यक्ष ओली

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तहमा राम्रो काम गरेका जनप्रतिनिधिलाई टिकटमा प्राथमिकता दिइने बताएका छन् ।

मंगलबार बसेकाे एमाले संसदीय दलको बैठकमा सांसदहरूलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तहका वडा सदस्यदेखि महानगरपालिकाका मेयरसम्म अहिले जितेर राम्रो काम गरेकाहरूलाई टिकटमा पहिलो प्राथमिकता दिइने बताएका हुन् ।

उनले भने, ‘जसले अहिले जितेर राम्रो काम गरिरहेका छन् उनीहरूलाई नै पहिलो प्राथमिकता दिने । कतै नराम्रो गरेकालाई परेछ भने गल्ती सच्याइँन्छ, कसैमाथि अन्याय हुन दिइन्नँ । यो चुनाव पार्टीले जित्नका लागि हो ।’

बैठकमा अध्यक्ष ओलीले स्थानीय चुनावमा एमाले एक्लै लड्ने बताएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । ओलीले सकेसम्म सर्वसम्मतिका साथ उम्मेदवार छान्ने प्रक्रियामा सहजीकरण गर्न सांसदहरुलाई निर्देशन दिएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको