काठमाडाैँ । दुई महिना पछि हुन लागेको स्थानीय तहको निर्वाचनको कार्ययोजना निर्माणका लागि नेकपा एमालेले सचिवालयको बैठक बोलाएको छ । केन्द्रीय कार्यलय सचिव डा. भिष्म अधिकारीका अनुसार दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सचिवालय बैठक बोलाइएको छ ।
बैठकले केन्द्रीय कमिटी बैठकको मिति तय गर्नेछ । केन्द्रीय कार्यलयले चैत ९ र १० लाई केन्द्रीय कमिटी बैठकको प्रस्ताव गरेको छ । आजको बैठकमा हुने केन्द्रीय कमिटीको बैठकका एजेण्डा,स्थानीय तहको निर्वाचनको तयारी,देशैभरी आयोजना गरिने प्रशिक्षणको कार्यतालिका र स्थानीय तहको पाँच वर्षे कार्यकालको समिक्षा आदि विषयमा छलफल हुने अधिकारीले जानकारी दिए ।