विप्लव समूहका नेता बालकोटमा, पार्टी प्रवेश गराउन एमाले अध्यक्ष ओली जुम्ला जाँदै

काठमाडौँ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कर्णाली राज्य समितिका प्रभावशाली नेताहरूले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।

सोमवार बालकोट पुगेर कर्णाली राज्य समिति सदस्य तथा जुम्लाका नेता रामप्रसाद शर्मासहित बिष्णुभक्त शर्मा विद्यार्थी नेता नेत्रराज धितालले ओलीलाई भेटेका हुन् । सो समूहसहित अन्य व्यक्तिहरुलाई पार्टी प्रवेश गराउन एमाले जुम्लाले चैत १७ गते सिँजामा आमसभा आयोजना गरेको छ ।

पार्टी प्रवेश गराउन अध्यक्ष ओली आफैं जुम्ला जाने भएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको