रासायनिक कारखानामा आगोलागी हुँदा ७ जनाको मृत्यु

होहोट ।  चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको एक रासायनिक कारखानामा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ।
बाओटो शहरको होन्डलोन जिल्लामा रहेको कारखानामा सोमबार बिहान करिब २:०८ बजे भएको आगलागी करिब एक घण्टापछि नियन्त्रणमा लिइएको सिन्ह्वाले जनाएको छ ।
आगलागीको कारण बारे अनुसन्धान भइरहेको बताइएको छ। (रासस/एएनआई)

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको