सामाजिक विकासतर्फ चितवनको राप्ती नगरपालिका उत्कृष्ट

चितवन । चितवनको राप्ती नगरपालिका देशकै उत्कृष्ट नगरपालिका बनेको छ । नेपाल नगरपालिका संघले सामाजिक विकासतर्फ चितवनको राप्ती नगरपालिकालाई देशकै उत्कृष्ट घोषणा गरेको हो ।

सामाजिक विकासतर्फ रुपन्देहीको तिलोत्तमा नगरपालिका र राप्ती नगरपालिका उत्कृष्ट घोषणा भएका हुन् । २९औं वार्षिक उत्सवको अवसर पारेर आइतबार संघले राप्तीलाई सामाजिक विकासतर्फ उत्कृष्ट घोषणा गरेको राप्ती नगरपालिकाले जनाएको छ ।

संघका अनुसार संस्थागत विकास, सेवा प्रवाह तथा वित्तीय सुशासनतर्फ स्याङ्जाका वालिङ र पुतलीबजार नगरपालिका उत्कृष्ट भएका छन् । यस्तै शहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापनतर्फ धादिङको निकलण्ठ नगरपालिका तथा वन वातावरण, जयवायु परिवर्तनतर्फ इलाम नगरपालिका उत्कृष्ट बनेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको