काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले स्थानीय तहको चुनावपछि एमसीसीबारे पार्टीभित्र छलफल हुने र त्यसबाट एमसीसी फेल भए राजीनामा दिने बताएका छन्। विराटनगरमा पुगेका प्रचण्डले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन्।
उनले भने, ‘हाम्रो पार्टीभित्र पनि यो विषयमा एउटै मत भइसकेको छैन। मतभेद कायम नै छ। चुनावसम्म यो विषयमा एउटै विचार बनाउने र निर्वाचनपछि फोरम चलाएर छलफल गर्ने भनेका छौं। स्थानीय तहको चुनावपछि पार्टीमा एमसीसी बारे छलफल हुन्छ। छलफलमा एमसीसी फेल भए राजीनामा दिन्छु।’