वीरगन्जका मेयर विजयी सरावगी एमाले प्रवेश

काठमाडौँ ।  वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी नेकपा एमालेमा प्रवेश गरेका छन् । शनिबार वीरगन्जमा आयोजित एक कार्यक्रममा मेयर सरावगीसहित ४ जना वडाध्यक्ष एमालेमा प्रवेश गरेका हुन् ।

एमाले नेता तथा वीरगन्ज मेडिकल कलेजका सञ्चालक बसरुद्दीन अन्सारीको छोरीको विवाहमा सरिक हुन वीरगन्ज आएका बेला ओलीले मेयर सरावगीलाई पार्टी प्रवेश गराएका हुन् । सरावगीलाई पार्टी प्रवेश गराउने कार्यक्रममा प्रभु साह, रघुवीर महासेठजस्ता मधेसका प्रभावशाली एमाले नेतासमेत उपस्थित थिए ।

शनिबार नै बाराको आदर्श कोतवाल गाउँपालिका अध्यक्ष मुस्तुफा अन्सारी पनि एमाले प्रवेश गर्ने कार्यक्रम रहेको। उनीसहित जसपाका केही नेता कार्यकर्ता पनि पार्टी प्रवेश गर्ने तयारीमा छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको